बिर्तामोड । नेपाली कथानक लघु चलचित्र ‘क्राइम’ झापाको बिर्तामोडमा विशेष प्रदर्शन गरिएको छ ।
बीएसबी इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण गरिएको नेपाली कथानक लघु चलचित्र ‘क्राइम’ शनिबार बिर्तामोडस्थित अतिथी सदनमा विशेष प्रदर्शन गरिएको लघु चलचित्र ‘क्राइम’ का निर्माता राजन थापाले बताए । रोहन राईको लेखन तथा निर्देशन, रितन सिगू लिम्बूको सह निर्देशन रहेको लघु चलचित्र ‘क्राइम’ का निर्माता राजन थापा रहेका छन् भने सहनिर्माताहरु तीर्थ सिग्देल, प्रनिष पौडेल, सम्वल आचार्य, विशाल विमली, भुवन बास्कोटा, प्रशंसा बाँस्कोटा रहेका छन् ।
मनोज राई प्रस्तुतकर्ताको रुपमा रहेको लघु चलचित्र ‘क्राइम’ मा द्वन्द्व निर्देशक विपीन प्रसाई, मेकअप मेनमा पदम तामाङ र क्यामरामेनमा सन्तोष राना मगर रहेका छन् ।
लघु चलचित्र ‘क्राइम’को मूख्य भूमिकामा राजन थापा रहेका छन् भने अन्य कलाकारहरुमा राज शेर्मा, सबिना बस्नेत, पूर्णिमा लिम्बू, बिजु राई, किरण जबेगु, राजु गौतम, अजित राना मगर, नवराज दंगाल, खेमराज दंगाल, सुवास अधिकारी, अनिल राई, सुनिल विश्वकर्मा, माणिक रेग्मी, सनम राई, निर्मल महरा, कैलाश कट्टेल, कुमार राय, तुलसीप्रसाद निरौला, सञ्जय राजवंशी, लक्ष्मी भट्टराईलगायतरहेका छन् ।
लघु चलचित्र ‘क्राइम’को बिशेष सहयोगीका रुपमा अर्जुन कँडेल, डिल्ली चुडाल, प्रत्युष राना आजाद, भूवन सञ्जेल, रेश लिम्बू, पुष्प बाँस्तोला, आशिष राई, सन्त मेचे, प्रदीप श्रेष्ठ, पुजन लिम्बू, रुपेश लिम्बू (जेठा बा), ज्ञानउदय लिम्बू, सुनिल थापा,प्रवेश सुबेदी, रञ्जन प्रधान, सञ्जयमोदी, अर्जुनजंग थापा, प्रकाश शिबाकोटी, खेम पराजुली, एलबी समाल, धरणीधर पोखरेल, रमेश बोहरा, अशोक कार्की रहेका छन् ।
समाजमा भइरहेका बलात्कारजस्ता अपराध, लागूऔषध दुव्र्यसनजस्तो कुलतमा फसेर गरिने आपराधिक घटना बोलबाला व्यक्तिले शक्ति र पैसाको भरमा ढाकछोप गर्न खोजेपनि समाजका सचेत नागरिकले कसरी त्यसको भण्डाफोर गरेर पीडितलाई न्याय दिलाउँछन् भन्ने विषयवस्तुलाई देखाउन खोजिएको लघु चलचित्र ‘क्राइम’ का निर्माता राजन थापाले बताए ।
बिर्तामोडमा विशेष प्रदर्शन गरिएको नेपाली कथानक लघु चलचित्र ‘क्राइम’ हेरेपछि झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने र झापा क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार स्वागत नेपालले लघु चलचित्र ‘क्राइम’ ले समाजको यथार्थ चित्रण गरिएको बताए । बिर्तामोडमा विशेष प्रदर्शन गरिएको नेपाली कथानक लघु चलचित्र ‘क्राइम’ पाँच सयभन्दा वढीले हेरेको निर्माता राजन थापाले बताए । यस अघि बीएसबी इन्टरटेन्मेन्ट प्रालिले नेपाली कथानक लघु चलचित्र ‘ मिसन बिर्तामोड’को निर्माण गरेको थियो ।