काठमाडौं, २१ भदौ । मंगलबार नेप्से परिसूचक १ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ४.२९ अंक घटेर बन्द भएको नेप्से, यस दिन २१.२२ अंक घटेर १९५१.७९ विन्दुमा झरेको छ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ।
नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको शेयर खरिद बिक्री भएको बजारमा यस दिन २२७ स्टकको २४ हजार ६२२ पटकको कारोबारमा १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ९ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, रिडी पावरको यस दिन ९ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी १२ उपसमूहको परिसूचक यस दिन ओरालो लागेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४० प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१२ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक २.०५ प्रतिशत घटेको छ भने विकास बैंक, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। मेरो लगानी