बिर्तामोड । साना मझौला ब्यवसायी बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–१ झापाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
गत असोज ३ गतेदेखि ७ गतेसम्म कनकाई, बिर्तामोड, अर्जुनधारा र मेचीनगरका सेवा केन्द्रमा इकाईगत साधारणसभा गरी छनौट भएका प्रतिनिधीहरुको सहभागितामा माइन्यूट प्रमाणित साधारण सभा गरिएको हो ।
संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष रामलोचन न्यौपानेले स्वागत गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव बस्नेत, नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुष्मा भण्डारी पौडेल, नेफ्स्कुन बिर्तामोडका व्यवस्थापक बिनोद न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सञ्चारकर्मी रेजिना रोदन, संस्थापक सदस्यहरु कल्पना बस्नेत, गुरुप्रसाद मैनाली, सावित्राकुमारी लिम्बू, सरस्वती थापा बस्नेत, तारादेवी शर्मा, उत्कृष्ट कर्मचारीहरु चन्द्रकला चुडाल सिटौला, रामनाथ पोखरेल, सुष्मा थापा र सुदिप बस्नेतलाइ नगदसहित सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट बचतकर्ताहरु हनुमानदास अग्रवाल, बुद्धकुमारी चौहान, खिलनाथ गुरागाई र हिमा खतिवडा, असल ऋणीहरु रत्नबहादुर माझी, सीपिन राजवंशी, जानकी मुखिया र ज्वाला इम्बुङ, खुत्रुके बाल बचतकर्ताहरु मान्यता श्रेष्ठ, आयुश अधिकारी, स्वस्तिका गड्तौलालाई नगदसहित सम्मान गरिएको थियो ।
त्यस्तै एसईईमा उत्कृष्ट रोनक तोस्सिवा र मोनालिसा दर्जीलाई संस्थापक शेयर सदस्य मोहनप्रसाद भट्टराईले आफ्ना छोरा विप्लव र बुबा रामचन्द्र भट्टराईको स्मृतिमा स्थापना गरेको विप्लव –रामचन्द्र शैषिक पुरस्कार प्रदान गरिएको थियो भने स्नातक तहमा उत्कृष्ट हुने उत्तम बस्नेत र अनिता बुढाथोकीलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाका शेयर सदस्य चार हजार १४ जना, शेयरपुँजी ६ करोड ८९ लाख ६० हजार एक सय रुपैयाँ, निक्षेप २३ करोड १ लाख ३९ हजार ८ सय ८४ रुपैयाँ, कोषको अवस्था ८८ लाख १७ हजार एक सय ५१ रुपैयाँ ५३ पैसा, कर्जा स्थिति (लगानी) २८ करोड १८ लाख ७१ हजार ९ सय ५ रुपैयाँ, कारोवारको अवस्था ३२ करोड ८६ लाख ३७ हजार ७ सय २४ रुपैयाँ ४० पैसा र नाफा ५३ लाख १० हजार ३ रुपैयाँ ८८ पैसा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले आर्थिक वर्ष २०७७/०७८मा सामाजिक उत्तरदायित्व अन्तर्गत २५ वटा विविध कार्य गरेको, संस्थामा हाल ४५ वटा नीति तथा कार्यविधीहरु कार्यान्वयनमा रहेको तथा संस्थाले आगामी वर्ष ३१ वटा विभिन्न कार्य गर्ने प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा लेखा समिति संयोजक श्यामबहादुर निरौलाले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष देवीप्रसाद अधिकारीले आयव्यय प्रतिवेदन, कर्जा उपसमिति संयोजक प्रेमबहादुर कार्कीले कर्जा उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्रकुमार भट्टराईले गरेको व्यवस्थापक थेप्सुलाल गणेशले जानकारी दिए ।