झापा । मङ्सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापामा ६ लाख ६३ हजार ३११ जना मतदाताले मतदान गर्ने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा छन् । पाँच निर्वाचन क्षेत्र रहेको झापा वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा भन्दा १७ हजार ७७ जना मतदाता थपिएका हुन् ।
स्थानीय तहको निर्वाचनमा झापामा ६ लाख ४६ हजार दुई सय ३४ मतदाता रहेको थिए । अहिले ६ लाख ६३ हजार ३११ जना मतदाता छन् । ७६६ वटा मतदान केन्द्र तय गरिएको छ ।
निर्वाचन कार्यालयका अनुसार सबैभन्दा धेरै निर्वाचन केन्द्र झापा ५ मा कायम गरिएको छ। झापा क्षेत्र ५ को निर्वाचन क्षेत्र क र ख मा मात्रै १७६ वटा निर्वाचन केन्द्र छन् ।
६१ वटा मतदान केन्द्रका लागि १७६ वटा निर्वाचन केन्द्र तय गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले बताए । उनका अनुसार झापा १ मा १३४, २ मा १५२, ३ मा १५५, ४ मा १४९ वटा निर्वाचन केन्द्र निर्धारण गरिएको छ। जिल्लामा कायम रहेका ७६६ वटा मतदान केन्द्रका लागि २८५ वटा मतदान स्थल तय गरिएको छ । झापा ५ मा ७६ हजार ६७ पुरुष र ७८ हजार २२० महिला तथा दुई अन्य गरी एक लाख ५४ हजार २८९ मतदाता छन् । त्यहाँ निर्वाचन केन्द्र ६१ वटा रहेका छन् ।
झापा १ को (क) मा पुरुष मतदाताको सङ्ख्या ३६ हजार १९८ र महिला मतदाताको सङ्ख्या ३५ हजार ७७९ गरी ७१ हजार ९७७ रहेको छ । मतदान स्थल २८ र मतदान केन्द्र ८० रहेका छन् । १ को (ख) मा २४ हजार ३९ पुरुष मतदाता छन् । महिला मतदाताको सङ्ख्या २४ हजार ३५९ गरी ४८ हजार ३९८ छ। यो निर्वाचन क्षेत्रमा १७ मतदानस्थल र मतदान केन्द्र ५४ छन् ।
झापा २ को (क) मा पुरुष मतदाता ३९ हजार ५३२ र महिला मतदाताको सङ्ख्या २९ हजार ७७० र अन्य दुई गरी ५९ हजार ३०४ जना छन् । यो निर्वाचन क्षेत्रमा १९ मतदान स्थल र मतदात केन्द्र ६६ वटा छन् । निर्वाचन क्षेत्र २ को (ख) मा पुरुष मतदाताको सङ्ख्या ३७ हजार १२५ र महिला मतदाताको सङ्ख्या ३७ हजार ६५९ तथा अन्य मतदाताको सङ्ख्या ३ गरी ७४ हजार ७८७ रहेको छ । यहाँ मतदानस्थल ३० र मतदान केन्द्र ८६ छन् ।
झापा ३ को (क) मा पुरुष मतदाताको सङ्ख्या ३३ हजार ७८२, महिला मतदाताको सङ्ख्या ३३ हजार ४६६ गरी ६७ हजार २४८ मतदाता छन् । यो क्षेत्रमा ३६ मतदान स्थल र ८० मतदान केन्द्र रहेका छन् । ३ को (ख) मा ३२ हजार २७९ पुरुष र ३१ हजार ९ सय ५ महिला मतदाता गरी ६४ हजार १८४ मतदाता यो निर्वाचन क्षेत्रमा छन् । ३१ वटा मतदान स्थल रहेको यो क्षेत्रमा ७५ वटा मतदान केन्द्र कायम गरिएको छ ।
झापा ४ को (क) मा २६ हजार ७५५ पुरुष र २६ हजार ७४९ महिला तथा एक अन्य गरी ५३ हजार २०५ मतदाता छन् । यो निर्वाचन क्षेत्रमा मतदानस्थल ३० र मतदान केन्द्र ६६ वटा रहेका छन् । त्यस्तै ४ को (ख) मा पुरुष मतदाताको सङ्ख्या ३५ हजार ३७६ र महिला मतदाताको सङ्ख्या ३४ हजार ६५२ गरी ६९ हजार ९१९ मतदाता छन् । मतदान स्थल ३३ र मतदान केन्द्र ८३ रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापा ५ को (क) मा ३७ ५६४ पुरुष मतदाता छन् । महिला मतदाताको सङ्ख्या ३४ हजार २६९ रहेको छ । अन्य एक गरी यो क्षेत्रमा ७४ हजार ८३४ मतदाता रहेका छन् । ३५ मतदानस्थल रहेको यो क्षेत्रमा ८९ मतदान केन्द्र रहेका छन् । ५ को (ख) मा पुरुष मतदाताको सङ्ख्या ३८ हजार ५०३ र महिला मतदाताको सङ्ख्या ४० हजार ९५१ तथा अन्य एक गरी ७९ हजार ४५५ रहेको छ । यो निर्वाचन क्षेत्रमा मतदान स्थल २६ र मतदान केन्द्र ८७ कायम गरिएको प्रमुख नेपालले जानकारी दिए ।