बिर्तामोड । एनआरएनए दक्षिण कोरियाका वर्तमान कार्यसमितिका सहकोषाध्यक्ष सुनिल कन्दङ्गवा लिम्बु नवाैं महाधिवेशनमा उपाध्यक्ष पदमा आफ्नेा उम्मेद्वारी दिएका छन् ।
सन् २०१२ मा मेगा बैंकको फाइनल अन्तरवार्ता छोडेर कोरिया होमिएका झापाली ठिटो त्रिभुवन विश्वबिध्यालयमा एम बिए तयारी गर्दै थिए ।
सुरुमा काेरियाकाे नेपाली समाजमा भिज्न केही असहज थियाे । खेलकुदलाई विशेष माया गर्ने उनी कोरियाको झापा फुटबल क्लबमा आबद्द भएर आफ्नेा सामाजिक यात्रा सुरु गरे l उनले कोरियाको नेपाली समाजमा हुने विभिन्न फुटबल प्रतियोगिता वा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको समाचार तथा फोटोहरु गोल नेपाल डटकम मार्फत प्रकाशित गर्थे l उनी आबद्द झापा एफसीले गोलनेपाल डटकम मार्फत नेपालका विभिन्न राष्ट्रिय तथा मोफसलका खेलाडीहरुलाई आर्थिक सहगोय पनि गरेको छ l
त्यस्तै कोरिया कै एक मात्र 'ए' डिभिजन मान्यता प्राप्त नेपाली क्रिकेट क्लब नेपाल राइनोसंग सहकार्य गरेर नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई पनि आर्थिक सहयोग गर्दै आएका छन् l पछिल्लो दिनमा उनी कोरियामा कार्यरत E9 बाट E7 भिजा परिवर्तन गर्ने तथा E7 भिजावालाको परिवार कोरिया बोलाउने साथीहरुलाई आफूले सकेको सहयोग गरिरहेको बताए l
२०२० मा एनआरएनए कपको च्याम्पियन बनेको उनको झापा एफसीले उल्लेखित रकम बराबरको पुरस्कार पाएन l धेरैले एनआरएनएमा भ्रष्टाचार हुन्छ भन्ने सुनेका उनले आफैले भोगेपछि २०२१-२३ को कार्यसमितिमा सहकोषाध्यक्ष भएर काम गर्ने मौका पाए l यो कार्यसमितिमा एक रुपैयाँ पनि तल माथि नभएको उनको दाबी छ l 'सियोदेखि एउटा कागजको टुक्राको समेत हिसाब हामीले राखेका छौं', उनले थपे l
आठौं कार्यसमितिमा रहँदा उनले कोरियाका विभिन्न कम्पनीमा दुर्घटनामा परेका कामदार, विभिन्न घटनामा ठगिएका नेपाली विद्यार्थी तथा नेपाली मोबाइल ब्यबसायीबाट ठगिएका नेपाली साथीहरुलाई एनआरएनए कोरियाको समन्यवमा सहयोग गरेको बताए l
हालकाे कार्यसमितिले धेरै काम गरे पनि नेपाली मिडियाहरुले समाचार सम्प्रेषण नगरेकाे उनकेा गुनासाे थियेा । आठौं कार्यसमितिमा उनी आफ्नो केही योजनाहरु पूरा नभएकोले फेरि दोहोरिने इच्छा रहेको जानकारी दिए । नेपाल एयरलाइन्सकाे नियमित उडान, नेपाली राजदुतावासबाटै नेपाली ड्राइभिङ् लाइसेन्सको नवीकरण सम्बन्धि सम्भावना, एनआरएनएको सदस्यता कार्डलाई बहुउपयोगी बनाउने योजना तथा एनआरएनए आपतकालिन राहत कोषको स्थापना उनको प्रमुख उद्देश्य रहेको बताए l
बिर्तामाेड झापाका पुराना कम्युनिष्ट नेताका छेारा उनलाई घर परिवार छरछिमेकबाट स्वदेश फर्किन उत्तिक्कै दबाब छ । संगैका सहकर्मी साथीहरु स्थानिय तह सम्हालिरहेका छन । १२ वर्ष अघि नेपाल एयरलाइन्सबाट हंगकंग हुँदै कोरिया छिरेका उनी नेपाल एयरलाइन्सबाटै घर फर्किने सपना देख्छन् l