बिर्तामोड । विश्वकर्मा पूजाको अवसर पारेर झापाको बिर्तामोड – ३ बिर्ताबजारमा सजिलो सेवा सञ्चालनमा आएको छ ।
बिर्तामोडका युवा पुष्प भण्डारी र विवेक लिम्बूले मुन्ना ग्रुप प्रालि स्थापना गरी होम डेलिभरीसहितको सजिलो सेवा सञ्चालनमा ल्याएका हुन् । "कामलाई कामदार, कामदारलाई काम" भन्ने मूल नाराका साथ इलेक्ट्रिसियन सर्भिस, प्लम्बर सर्भिस, टायल्स तथा मार्बल फिटिङ, पेन्टर सर्भिस, होम अप्लायन्स रिपेरिङ, क्लिनिङ सर्भिस, फल्स सिलिङ फिटिङ, आइरन ग्रील, एल्मुनियम, राजमिस्त्रीलगायत उपलब्ध गराउने उद्धेश्यले सजिलो सेवा सञ्चालनमा ल्याएको ग्रुपका सञ्चालक लिम्बूले बताए ।
बिर्तामोड नगरपालिकालाई लक्षित गरी होम डेलिभरीसहितको सर्भिस अर्धवार्षिक तथा वार्षिक प्याकेजका आधारमा मर्मत गर्ने गरी सजिलो सेवा सञ्चालनमा ल्याएको उनले बताए । मुन्ना ग्रुप प्रालिमा हाल २५ जना कर्मचारी रहेको सञ्चालक पुष्प भण्डारीले बताए । ग्राहकले आफ्नो सामाग्री बिग्रिएमा वा नयाँ जडान गर्नुपरेमा फोनमार्फत सम्पर्क गरे आफूहरु तुरुन्तै गएर सेवा प्रदान गर्ने उनले बताए ।
बिर्तामोड क्षेत्रमा मरीमराउ भएको घरमा बिजुली जडान गर्नुपरे निःशुल्क सेवा प्रदान गरिने उनले जानकारी दिए । मुन्ना ग्रुप प्रालिका सञ्चालक विवेक लिम्बूको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि सञ्चालक पुष्प भण्डारीले प्रकाश पारेका थिए ।
कार्यक्रममा बिर्तामोड –३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड–७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, बिर्तामोड उद्योग वाणिज्य सङ्घका महासचिव अर्जुन मैनाली, नेकपा एकीकृत समाजवादी बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौला, महेन्द्र रत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कम्पनीका इन्ट्रेरियर डिजाइनर अभिषेक अधिकारीले इन्ट्रेरियर डिजाइन सम्बन्धी जानकारी गराएको कार्यक्रममा गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष तारा चापागाई, बिर्तामोड–३ का वडा सदस्य हरि बास्कोटालगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरि बरालले गरेका थिए ।