झापा । बर्देवा बन्धु समाज झापाको पाँचौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
यही माघ २८ गते कनकाई कोटिहोममा सम्पन्न अधिवेशनले राजकुमार बर्देवाको नेतृत्वमा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको बताईएको छ ।
झापाका सबै पालिकामा बसोबास गर्ने बर्देवा बन्धुहरुको प्रतिनिधित्व हुने गरी समिति निर्माण गरिएको सचिव चन्द्र बर्देवाले जानकारी दिएका छन् ।
पदमप्रसाद बर्देवाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा समाजका संस्थापक अध्यक्ष तेजबहदुर बर्देवा रहेका थिए ।
खगेन्द्र बर्देवाको स्वागत रहेको थियो ।
नवनिर्वाचित समितिको अध्यक्षमा राजकुमार बर्देवा (अर्जुनधारा), उपाध्यक्ष अशोक बर्देवा (दमक), सचिव चन्द्र बर्देवा (मेचीनगर), सहसचिव फडिन्द्र बर्देवा (गौरादह), कोषाध्यक्ष कर्ण बर्देवा (दमक) रहेका छन् ।
त्यस्तै सदस्यहरुमा लालबहादुर बर्देवा (कनकाई), कल्पना श्रेष्ठ बर्देवा (बुद्धशान्ति), धनराज बर्देवा (कमल), डम्बरी बर्देवा (दमक), तुलाराम बर्देवा (दमक) र रमेश बर्देवा (शिवसताक्षी) रहेका छन् ।
समितिको अवधि ०८१ सालसम्म कायम रहने बताइएको छ ।
अतिथिहरु कृष्ण बर्देवा, सावित्रीदेवी बर्देवा, सुरेन बर्देवालगायतले शुभकामना मन्तव्य राखेको बताईएको छ ।