बिर्तामोड । झापाको बिर्तामोड–५ मा द न्यू रेक्टर ७.८ होटल एण्ड लज सञ्चालनमा आएको छ ।
५० लाख रुपैँयाको लागतमा तीन जना ब्यवसायीले संयुक्त रुपमा होटल सञ्चालनमा ल्याएको जनाइएको छ । बिर्तामोडका ब्यवसायी मोहन अधिकारी, खगेन्द्र ओली र तीर्थ अधिकारीको संयुक्त लगानीमा होटल सञ्चालन गरिएको जनाइएको छ ।
नेपालीको दोस्रो ठूलो पर्व तिहारको पूर्वसन्ध्यामा होटलको उद्घाटन गरिएको सञ्चालक मोहन अधिकारीले जानकारी दिए । होटलको शुक्रबार एक कार्यक्रमका बीच बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश शिवाकोटी र बिर्तामोड–५ वडाध्यक्ष रोहित प्रसाईले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
होटलको उद्घाटन गर्दै प्रमुख अतिथी शिवाकोटीले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याएको भन्दै शुभकामना दिए । कार्यक्रममा वडाध्यक्ष प्रसाईंले बिर्तामोडमा एकपछि अर्को ठूला होटल सञ्चालनमा आउनु खुशीको कुरा भएको उल्लेख गरे । उनले ब्यवसायीलाई ग्राहकको सन्तुष्टिमा ध्यान दिन सुझाव समेत दिएका छन् ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, जीवन खड्का, मानव अधिकारवादी विष्णु खरेल, बैङ्कर सागर दाहाल, वीरता मिडिया हाउसका अध्यक्ष वीरु दर्नाललगायतको सहभागिता रहेको थियो ।
होटलमा सुविधासम्पन्न १० वटा वातानुकूलित तथा साधारण कोठाहरु रहेका छन् भने १२ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएको सञ्चालक अधिकारीले जानकारी दिए ।
होटलमा स्टार होटल जतिकै खाना तथा अन्य परिकार खुवाइने जनाइएको छ । भारतबाट ल्याइएका कुकले खाद्य परिकार तयार पार्ने जनाइएको छ । साथै हरेक साँझ साङ्गीतिक कार्यक्रम समेत आयोजना गरिने बताइएको छ । साे हाेटल शनिश्चरे रोड हिमालय बैङ्क रहेको मार्केटमा रहेको छ ।