बिर्तामोड । मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्था बिर्तामोड – १ को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष टङ्कप्रसाद दवाडीको अध्यक्षता तथा झापा जिल्ला सहकारी सङ्घका कार्यवाहक अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य मीनाकुमारी पाठकले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष टङ्कप्रसाद दवाडीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य तीन हजार ७७ जना, शेयर पूँजी दुई करोड ६० लाख ३८ हजार आठ सय रुपैयाँ, निक्षेप संकलन १८करोड ९४ लाख २२ हजार आठ सय २९ रुपैयाँ ८० पैसा, निक्षेप फिर्ता १९ करोड एक लाख ३७ हजार दुई सय ७९ रुपैयाँ ८० पैसा,ऋण लगानी छ करोड १७ लाख ३७ हजारएक सय आठ रुपैयाँ, ऋण असुली पाँच करोड ८० लाख ६२ हजार एक सय रुपैयाँ, आम्दानी एक करोड ३९ लाख ५८ हजार सात सय ९८ रुपैयाँ ६४ पैसा, खर्च ८५ लाख १२ हजार चार सय ४९ रुपैयाँ र नाफा ५४ लाख ४६ हजार तीन सय ४९ रुपैयाँ ६४ पैसा रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा लेखा समिति संयोजक सोमनाथ निरौलाले लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिका संयोजक लक्ष्मीप्रसाद ओडारीले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष खड्गप्रसाद दाहाल, जिल्ला वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विपी भट्टराई, राष्ट्रिय सहकारी वैंककी सहायक अधिकृत रमा सुवेदी, शिक्षा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुव्रत न्यौपाने, बिर्तामोड–१ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्था स्थापनादेखि हालसम्म सेवारत् संस्थाका व्यवस्थापक विनोदकुमार गणेश, कार्यालय सहयोगी जमुना निरौला पाण्डे, बजार प्रतिनिधि आनन्दकुमारी राई, खजाञ्ची रुक्मिणी सिटौलालाई दीर्घ सेवा सम्मानसहित नगद र सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट बचतकर्ता सुमित्रा शाह, लक्की राजवंशी, असल ऋणी रघुनाथ खड्का, शारदादेवी विश्वकर्मा रसाइली, उत्कृष्ट कर्मचारी रुक्मिणी सिटौलालाई नगद र सम्मान पत्र प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा मन्दिरा सिटौलाले गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव नैनकला दाहाल भट्टराईले गरेको बजार प्रतिनिधी गङ्गा भट्टराईले जानकारी दिइन् ।