विर्तामोड । झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १२ औँ बार्षिक माइन्युट प्रमाणित साधारणसभा सम्पन्न भएको छ ।
संस्थाले असोज ११ गतेदेखि असोज २७ गतेसम्म झापाका २८, मोरङका १० र इलामका ९ वटा सेवाकेन्द्र गरी ४७ वटा सेवाकेन्द्रमा ईकाइगत साधारण सभा गरी प्रतिनिधी छनौट गरी माइन्युट प्रमाणित साधारण सभा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमलबहादुर बस्नेतले बताए ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कमलबहादुर बस्नेतले स्वागत गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराईले २६ वुँदे संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सिम्रिक बचत तथा ऋण सहकारी संस्था स्थापनाको १२ औँ वर्षमा आइपुग्दा जिल्लाका स्थापित सहकारीहरुमध्ये सदस्य सेवा र कार्यक्षेत्र पहुँचको आधारमा तेश्रो स्थान ओगट्न सफल भएको बताउँदै यस सफलताले सदस्यहरुको दीगो आर्थिक विकास र व्यवसायिक क्षमतामा उल्लेखनिय वृद्धि भएको जानकारी दिए ।
झापा, मोरङ र इलाममा कार्य क्षेत्र रहेको संस्थाले पाँचथरमा समेत कार्यक्षेत्र विस्तार गरिएको जानकारी दिए । उनले देशमा देखा परेको तरलताको अभावले बैंक तथा वित्तिय संस्थाहरुले वित्तिय कारोबार रोकेको अवस्थामा पनि सिम्रिक साकोसले आफ्ना शेयर सदस्यहरुलाई निरन्तर सेवा दिइरहेको बताए ।
संस्थाका शेयर सदस्य ५१ हजार चार सय ३६ जना, शेयर पूँजी ३१ करोड ८३ लाख ९८ हजार आठ सय, एक अर्व १३ करोड ४३ लाख ६० हजार सात सय ७८ रुपैयाँ ५३ पैसा, ऋण लगानी दुई अर्व १६ करोड २८ लाख ६८ हजार तीन सय ५० रुपैयाँ , जगेडा कोषमा १६ करोड ४२ लाख पाँच सय ६२ रुपैयाँ २ पैसा, वासलात दुई अर्व ६३ करोड ६२ हजार चार सय ८८ रुपैयाँ ४० पैसा, आम्दानी ४५ करोड ९९ लाख ४६ हजार छ सय १८ रुपैयाँ १६ पैसा, खर्च ४० करोड १५ लाख ९ हजार छ सय ५८ रुपैयाँ ८ पैसा, नाफा पाँच करोड ८४ लाख ३६ हजार नौ सय ६० रुपैयाँ ८ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै संस्थाले विभिन्न शीर्षकमा सदस्यहरुलाई एक करोड ३३ लाख चार हजार चार सय ६० रुपैयाँ राहत रकम उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै संस्थाका सचिव इन्द्रबहादुर कार्कीले १२ वटा कार्यविधीसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मेहरमान विष्टले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखासमिति संयोजक रमेशकुमार अधिकारीले लेखा समितिको प्रतिवेदन, शिक्षा उपसमिति संयोजक मेहरमान विष्टले शिक्षा उपसमितिको प्रतिवेदन, ऋण उपसमिति संयोजक इन्द्रबहादुर कार्कीले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगाल, बिर्तामोड नगरपालिकाका सहकारी निरिक्षक डिल्ली दाहाल , राष्ट्रिय सहकारी वैंकका विर्तामोड शाखा प्रवन्धक विवेक डाँगी, शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्था फिदिम –१ पाँचथरका अध्यक्ष तोपबहादुर दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा दुई जना ऋणीको ऋण मिनाह गरिएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका जोखिम विभाग अधिकृत प्रेम वस्नेत (विजय)ले गरेका थिए ।