दूधे । शिवसताक्षी नगरपालिका वडा नं. १ र २ मा वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभाका प्रत्यासी उम्मेद्वार नेपाली काङ्ग्रेस जिल्ला सभापति देउकुमार थेबे र प्रदेश सभाका प्रत्यासी उम्मेद्बार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य झलकसिंह दर्लामीले घरदैलो तथा कोण सभा सुरू गरेका छन् ।
प्रारम्भिक चरणमा शिवसताक्षी नगरपालिका वडा नं. १ र २ को धरपपुर चोक, हाइस्कूल चोक, प्रगति चोक, शुक्रबारे चोक, डाँडा गाउँ, झुनाबारी, सन्थाल चोक, मङ्गलबारे बजार, देवदूत चोक, हिमाली चोक, डुम्ना गाउँ, माझी गाउँ, प्रवासी टोल लगायतको क्षेत्रमा घरदैलो तथा कोण सभा कार्यक्रम सम्पन्न गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका प्रत्यासी उम्मेद्वार देउकुमार थेबेले धरमपुर ऐतिहासिक स्थान भएको र धरमपुरलाई आफूले "प्राथमिकताका साथ" हेरेको बताउनु भयो । "हामी जितेर गए मत लिने अनि फर्केर नहेर्ने होइन, हामी सधैं तपाइँहरुको साथमा, सुख दुःखमा साथमा रहने तपाइँहरुसँग मत लिएर तपाइको सांसद टाढा हुँदै आएको इतिहासलाई बदलेर सधैं जनतासँग जोडिरहन आफू एउटा सम्यन्त्र टोल स्तरसम्म बनाउने त्यो संयन्त्रले दैनिक जीवनसँग सांसदलाई जोडिरहने, हरेक समस्यामा सांसद सहभागी हुने संयन्त्र निर्माण गर्ने वाचा गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभाका प्रत्यासी तथा उम्मेद्वार प्रदेश नं. १ का कृषि मन्त्री झलकसिंह दर्लामीले नेकपा एमालेका वर्तमान सांसद एलपी सावाले विकास गर्ने मेसो नपाएको, वहाँ विकासको गतिविधिको भेउ नै नपाएको नेता भएको आफूले महसुस गरेको बताउनु भयो ।
आफू कृषि मन्त्री भएर छोटो समयमा नै किसानहरुको लागि "केही राम्रा कार्य" गरेको र ती कार्य सम्पन्न गर्न थप विकास निर्माणलाई अगाडी बढाउन यो गठबन्धनलाई विजय गराउन आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नं. ४ का सभापति जयनारायण साहा, लखी गणेश, पर्शुराम ढुङ्गाना, भक्ति सिटौला, महेन्द्र भट्टराई लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।